नमस्कार !
क्षणिक पौडेलको डायरीमा यहाँहरूलाई स्वागत छ ! फाल्तु गफ र झ्याउ लाग्ने आफुले आफैसँग गरिएका यी कुराकानीहरूमा कहिलेकाहीँ म आफैलाई त झ्याउ लााग्छ भने तपाईंलाई के रुची होला र ?!

१.
कास (गद्य कविता)
कास,
म चित्रकार भइदिए,
तिम्रा शरीरका हर उभारहरू.......
म कलाकार भइदिए,
तिम्रो मुहारका हर भावहरू........
व्यभिचार अनि दुराचारी भइदिए,
तिम्रा हर अङ्ग प्रत्यङ्गहरू...
म एक पुरुष भइदिए,
तिम्रा हर स्त्रीत्वहरू
कास,
म कुनै डाक्टर भइदिए,
तिम्रा मुटुका हर धड्कनहरू
कुनै इञ्जिनियर भइदिए,
तिम्रो मनका हरेक उवडखावडहरू
बानियाँ वा नेवार भइदिए,
तिमीसँग सरोकार राख्ने हर आदानप्रदानहरू
मारवाडी अनि थारु भइदिए,
यो देशमा चल्ने हरेक नोटहरू
कास,
म सुचीकार अनि कुचीकार भइदिए,
तिम्रा शरीरका हरेक छुवाईहरू
म पाखण्डी र,अन्धविश्वासी भइदिए,
तिम्रा हरेक शौन्दर्यहरू
कुनै पार्टीको झोले भइदिए,
तिमी मेरा मासु अनि भातहरू
कास,
म भ्रष्टाचारी अनि नेता भइदिए,
तिमी मेरो लागि देश
बलात्कारी भइदिए,
तिमी मेरो उत्तेजनाको आधार
अहङ्कारी भइदिए,
मेरो घमण्डको आधार
अनि,
एउटा परिचित भइदिए,
बिश्वासको आधार
कास,
बरु म कथाकार भइदिए,
अनि तिम्रो मन नै नभइदिए,
तिम्रो मन नै नभपनि,
बोलाउँदो हूँ, भेट्न आफ्नै समीप,
कास,
म त्यो मीठो कथा भइदिए,
कास,
म यो भइदिए,
म त्यो भइदिए,
म तिम्रो अनि तिमी मेरो भइदिए...
कास......
कास......
कास.....😍
#क्षणकारकोक्षण
२.
मुक्तक
उनको बारेमा केही राम्रो कुरा बताउनु छ,
केही रिसाएकी उनको रिस हटाउनु छ,
लाग्छ, आजकल मेरो निन्द्रा र उनको मुडको मिलोमतो छ,
हो, मलाई निदाउन भए नि उनलाई फकाउनु छ !!
Contact Us
Discover the Artistry of Kchenik Poudel: Poems and Moments
Expressing Emotions Through Poetry
Kchenik Poudel is a passionate poet dedicated to capturing the essence of human emotions and life's fleeting moments through the art of poetry. Each poem is crafted with heartfelt sincerity, offering readers a window into the soul. Whether it's love, hope, sorrow, or joy, Kchenik’s words resonate deeply, making the intangible tangible and the ordinary extraordinary.
A Collection of Moments Frozen in Time
Beyond poetry, Kchenik Poudel curates special moments that reflect life's beauty and complexity. These moments, shared through vivid storytelling and evocative imagery, connect readers to experiences that are universally relatable yet uniquely personal. The combination of poems and moments creates a rich tapestry that invites introspection, inspiration, and emotional connection.
Why Choose Kchenik Poudel?
What sets Kchenik Poudel apart is the genuine passion and authenticity embedded in every piece. The website not only showcases a diverse range of poems and moments but also fosters a community of like-minded individuals who appreciate the power of words and shared experiences. With a focus on quality, creativity, and emotional depth, Kchenik Poudel offers an enriching literary experience that touches hearts and minds.