कलियुगको युधिष्ठिर
कलियुगको युधिष्ठिर (कथा (अपुरो) )
म कतै हिडिरहेको थिएँ ! एकदम अन्जान ठाउँ ! हल्का जङ्गल अनि अलिक अँध्यारो ! जस्तोसुकै मै हूँ भन्ने पनि डराउने खालको मौनता व्याप्त थियो ! म मेरो जुत्ताको आवाजले घरिघरि तर्सिरहेको थिएँ ! जान पर्ने टाढा नै थियो ! दौडेर पनि नसकिने बाटो ! रातको त्यो पल, त्यो क्षण ! अगाडि एउटा कुकुर आयो ! म हल्का डराएँ ! कुकुर आक्रामक देखिएन ! म पुन: पूर्व गतिमा नै हिड्न थालेँ ! सायद ऊ पनि कहिँ जादै थियो ! सायद उसलाई पनि त मलाई जस्तै भएको होला ! डर त सबैलाई लाग्छ ! डर त जन्मजात नै लिएर जन्मिन्छ हरेक नाश भएर जाने जीव ! ऊ पनि मेरै छेवैमा मसँगै हिड्न थाल्यो ! म साथी पाएर एकदम खुसी थिएँ ! सायद ऊ पनि त खुसी थियो ! तैपनि मैले जति उसले कहाँ सोच्छ होला र ? उसलाई कि त डर लाग्छ कि त माया लाग्छ ! कि त भोक लाग्छ कि निन्द्रा ! मलाई जस्तो तीनचार वटा भाव एकै चोटी कहाँ आउलान् र ! आखिर म पुरा पृथ्वीको सबैभन्दा जटिल प्रकृतिको जीव ! यति जाबो बहुभाव जस्तो समस्या त हरदिन भोग्न त परिगयो नि ! हामी कति कुरा लुकाउँछौ ? हामी आफू आफूसँग नै खुला छैनौं ! हामी सबैभन्दा बिकसित भएर पनि जमेका छौ, एउटा पोखरीमा पानी जमेझै ! हामी खोन्न सक्दैनौं, हाम्रा मनका भावना ! खोल्यौ भने जे पनि त होला ! बाँकी रहेको सम्बन्ध जुन भग्नावशेष नै भइसकेको किन नहोस् हामी घिसार्छौ हामीलई, हाम्रा सम्बन्ध, हाम्रा आदतहरूलाई ! आखिर मानिस घाटसम्म पनि पुर्याउँछ, केही कुण्ठाहरू ! कुकुरको त्यही एउटा भाषा छ तैपनि काफी छ हामी अनेक थरी भाषा भएर पनि अमुक छौं ! बोल्न चाहेका कुराहरू छाडेर हामी बाँकी सबै कुरा कहन्छौं ! हामी बाह्य रुपमा मात्र बिकसित भयौं ! भित्री रुपमा हामी कहिल्यै बदलिएनौं र सायद कहिल्यै बदलिदैनौं किनकी हामीलाई बदलिनु नै किन छ ? हामी त पुरा पृथ्वीकै सर्व शक्तिमान, कोही छ र जसले हामीलाई केही भन्न सकोस् ! प्रगति मार्गमा हाम्रो पाइला रोकन सकोस् ? मनमा अनेकौ कुराहरू आउँदै जादै थिए ! एउटा चौतारी भेट्टियो ! म त्यही एकछिन सुस्ताएँ ! ऊ पनि त्यहीँ सुस्तायो ! ऊ पनि त्यही रोकिएपछि मलाई महाभारतको युद्धपछ्यातको घटना याद आयो ! मलाई भित्रभित्रै लाग्यो कतै म धर्मराज युधिष्ठिर त हैन ? हुन पनि सक्छ ! फेरि लाग्यो, म त झुट पनि बोल्छु ! कहाँबाट हुनु म धर्मराज कुन्तीपुत्र ?! फेरि सोचेँ, के थाहा कलियुगमा अर्कै पो हुन्छ कि ? अनि म आफ्नो बारेमा किन नराम्रो सोचूँ ?! राम्रो नै सोच्छु नि ! म कलियुगको युधिष्ठिर अनि ऊ चाहिँ यमराज ! पर कतै एउटा तीजको गीत बजिरहेको थियो ! आधुनिक तीज गीत ! बोलीचालीको भाषामा भन्दा छाडा गीत ! तीन चार पटक सुनेको पनि छु मैले त्यो गीत ! मलाई त त्यती छाडा लागेको छैन ! छाडा तिनलाई लाग्छ जसले राम्रा गीत सुन्छ, जसले राम्रा गीत निकाल्छ ! अझ भन्दा भित्रभित्र रोमान्टक भएर बाहिर छाडा गीत भन्न म जान्दिनँ ! मलाई यो गीत मन पर्छ तर म कसैलाई बताउन सक्दिनँ ! अन्यथा नसोच्नुहोला मलाई यस्तै गीत मन पर्छ भन्न खोजेको हैन कि मलाई यस्ता गीतहरू पनि मन पर्छ जहाँ अलिकति रति होस् अलिकति राग होस् ! जहाँ अलिकति कामुकता होस् ! त्यो मेरो माग भने हुँदै होइन ! त्यो त हो बाहिरी रुपमा मात्र बदलिएको मेरो शरीर जो अझै पनि जङ्गली नै छ ! जुन केही बन्धन पाएन भने फेरि जङ्गली बनिदिन सक्छ ! म पनि किन बाधिराखूँ आफुलाई ! म ढोकाको चुकुल लगाएपछि डार्बिनलाई चिन्दिनँ ! तपाईलाई पनि नचिन्न सक्छू ! जङ्गलबाट आएर पनि हामीमा यत्ती मात्र कुरा परिवर्तन भयो ! धर्म ग्रन्थले मलाई चुकुल बाहिर मात्र मलाई बाँधेर राखे ! मेरो दिमाग अलमल्लमा छ ! पूराना चिजहरू कसरी छोडूँ ? बरु पुराना चिजहरू जुन बिकासबाद सँगै यहाँ सम्म आए, त्यसैले त मन गाह्रो मान्छ ! जबर्जस्ती मानव हुन बनाइएका यी कानूनका कारण नै यति अफ्ठ्यारो भएरहेछ कि हामीलाई त्यसका हरेक रिजल्टहरूमा तगारोको निर्माण गर्नुपरिरहेछ ! क्या छ है मानिसको काम ! कानून बनाऊँ अनि तिनै कानून मानेर बस ! धर्म बनाऊ अनि त्यसैलाई पुजा गरेर बस ! काल्पनिक डोरी बाँध अनि घोडा बनेर उभिएरै निदाऊ ! प्राकृतिक नियम नमानेरै यी सब भएका हुन ! जङ्गलमा बाख्रा कहिल्यै राजा हुँदैन ! मानिसमा हुन्छ ! मानिस धेरै भावुक छ ! प्रकृतिमा एउटा नियम हुन्छ हरेक जीव आफूलाई बढाउन चाहान्छ, फैलाउन चाहान्छ ! बिकासबादी सिद्दान्तले पनि त्यही भन्छ ! दार्शनिक कुरा नगर्ने हो भने, यही नै अल्टिमेट प्रपोज अफ लाइफ यही हो ! एक पटक यी सबै कानून, धर्मका बन्देजहरू तोडेर त हेर, भोकमरीले मानिस मर्नै छैनन् ! कोही मोटउने छैनन् ! कोही कुपोषित हुने छैनन् ! नपत्याए आऊ हेर्न त्यो सालघारीको बन जहाँ बाघ पनि छ त्यो भन्दा चार गुणा मृगहरू छन् ! चारैतिर छ हरियाली ! त्यहाँ बलात्कार हुँदैन, त्यहाँ कुनै पनि बुलशिट हुँदैन !
लास्टमा एउटा गाउँको छेउ आयो जहाँ दुईचार कुकुर थिए ! सायद उसले चिनेको थयो ! ऊ गयो त्यतैतिर ! मैले रोक्न सकिनँ ! आखोर रोक्न पनि त भएन ! ऊ स्वर्ग पुग्यो म यमराज भएँ मलाई अझै स्वर्ग पुग्न बाँकी छ, मलाई गन्तव्य सम्म पुग्न अझै दुचार मरण मर्न बाँकी नै छ !